PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुन प्रकरणको रहस्य गहिरिँदै : प्रहरीले नै लुकाउन लगाएको एक किलो सुन बागबजारमा भेटियो



सविन ढकाल

सुन प्रकरणको रहस्य गहिरिँदै : प्रहरीले नै लुकाउन लगाएको एक किलो सुन बागबजारमा भेटियो

काठमाडौं : कमलादी सुन प्रकरण झनै रहस्यमय बन्दै गएको छ। एकाएक प्रहरीले थप एक किलो सुन बरामद गरेपछि यो प्रकरण थप रहस्यमयी बन्दै गएको हो। प्रहरीले बरामद गरेको सुन सक्कली वा नक्कली भएको भन्ने खुलिसकेको छैन।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लुकाइ राखेको अवस्थामा एक केजी सुन फेला पारेको छ। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले महानगरीय प्रहरी वृत्त दरबामार्गमा कार्यरत एक घुमुवा प्रहरीले लुकाउन राखेको अवस्थामा आफन्तको घरबाट सुन फेला परेको हो। सादा पोसाकका प्रहरी प्रशन्न श्रेष्ठले लुकाउन लगाएको खुलेको छ।

बागबजारमा रहेको उमेश श्रेष्ठको घरबाट सुन भेटिएको हो।  प्रहरी जवान बहादुर सिंह कडायतलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सुन प्रकरणमा जवना श्रेष्ठ र कडायत समेत मुछिएका छन्।

मंगलवार प्रहरीले बरामद गरेको १५ किलो पहेलो धातुको बारेमा कडायतले नै जानकारी दिएका थिए। त्यसपछि डीएसपी रञ्जन दाहालको नेतृत्वमा टोली खटाइएको थियो। स्कर्पियोमा रहेका तस्करले फ्याँकेको भनिए पनि कडायतले सुनको झोला बुझेको जानकारी प्रहरीले पाएको छ।

मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा कमलादीबाट बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको थियो। चेकिङमा रहेको प्रहरी देखेपछि नरोकी हुइँकिएको प्रहरीले जनाएको थियो। रोक्न खोज्दा भागेपछि प्रहरीले उक्त गाडीलाई फलो गरेको र त्यही क्रममा गाडीमा रहेका व्यक्तिले सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याएको प्रहरीले जनाएको थियो। उक्त झोलामा चाँदी, सुन र दुई थान पेस्तोल भेटिएको थियो।

यसै घटनामा प्रहरीले पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको छ। तीनै जना भारतीय नागरिक हुन्। उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले भारततिर भाग्दै गर्दा नवलपरासीबाट नियन्त्रणमा लिएको हो। त्यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरको नख्खिपोटमा उनीहरु चढेको गाडी फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell