PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

अफगानस्तानमा आत्मघाती बम विष्फोट, १७ जनाको मृत्यु



पहिलोपोस्ट

अफगानस्तानमा आत्मघाती बम विष्फोट, १७ जनाको मृत्यु

अफगानस्तानमा कार बम विष्फोटमा परी १७ जनाको ज्यान गएको छ। तालिवान समूहको युद्धविराम घोषणा गरेको अघिल्लो दिन लोगार प्रान्तमा उक्त विष्फोट भएको होऽ  

तालिवानले भने उक्त विष्फोटमा आफूहरू जिम्मेवार नभएको बताउँदै आएको छ। यसबारे इस्लामिक स्टेटले कुनै प्रतिक्रिया जनाएको छैन।

लोगार प्रान्तको गभर्नरका प्रवक्ता देदार लवाङले एएफपीसँग उक्त आत्मघाती विष्फोट भएको बताएका छन्। विष्फोट गभर्नरको कार्यालय नजिक भएको थियो। विष्फोट भएको क्षेत्र वरपर ठूलो संख्यामा मानिसहरू इदको लागि किनमेल गर्दै थिए।

त्यहाँको आन्तरिक मन्त्रालयका प्रवक्ता तारिक ऐरनले भने,'आतंकवादीहरूले पर्वको मौका छोपी निर्दोष जनताको हत्या गरे।'

तालिवानका प्रवक्ता जाबिहुल्ला मुजाहिदले भने घटनाक्रमसँग आफ्नो समूहको सम्बन्ध नभएको प्रष्ट्याएका छन्। उनीहरूले इदको अवसरमा ३ दिन लामो युद्धविराम घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell