PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २६ जनामा कोरोना पुष्टि



एम बम

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २६ जनामा कोरोना पुष्टि

कैलाली : धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ७१ जनाको कोरोना परीक्षण भएकोमा धनगढी उप-महानगरपालिकाका १६ जना सहित थप २६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले धनगढी उप-महानगरपालिकाका ८ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए। त्यस्तै, कैलालीको टीकापुरका एक महिला र ६ पुरुष गरी सात जनामा पनि कोरोना पुष्टि भएको उनले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार बझाङको मष्टा-१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्बरर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बरर १७ का २५ बर्षीय पुरुषमा कोरोना देखिएको छ।

आज २६ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell