PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

लकडाउनमा फर्कियो विराटनगर, आज रातिबाट १४ दिनसम्म कडाई



फूलमाया पुरी

लकडाउनमा फर्कियो विराटनगर, आज रातिबाट १४ दिनसम्म कडाई

विराटनगर : समुदाय स्तरमा कोभिड १९ संक्रमण फैलिएका भन्दै विराटनगर महानगरपालिका लकडाउनमा फर्किएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरलेले लकडाउन कडाईका साथ पालना हुने बताए।

‘आज राति १२ बजेबाट साउन ३० गतेसम्म महानगरपालिका लकडाउनमा जाने भएको छ’, पोखरेलले भने, ‘विराटनगरको अवस्था अलि डरलाग्दो भएकैले यस्तो निर्णय गरिएको हो।’

विराटनगरमा हाल कोभिड संक्रमितको संख्या सय पुगेको उनले बताए। सकारले देशभर चैत ११ बाट शुरु गरेको लकडाउन साउन ६ गते अन्त्य गरेको थियो। लकडाउन अन्त्यपछि विराटनगरमा जोखिम देखिन थालेको भन्दै यसअघि महानगरपालिकाले लकडाउनमा जाने तयारी गरेको थियो।

लकडाउन कडाइका साथ पालना गराउन प्रहरी प्रशासनको सक्रियता हुनेछ।

उनले भने, ‘पहिलेको जस्तो लकडाउन फितलो हुन दिइने छैन।’

कानुनी कारवाहीसहितको विशेष लकडाउन गरिने महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले बताए।

कोभिड १९ संक्रमणको अवस्था विश्लेषण गरी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने प्रदेश सरकारको निर्णयसँगै विराटनगर लकडाउनमा फर्केको हो।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले केहीबेर अघिमात्र परिस्थितिको विश्लेषण गरी कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न सम्बवन्धित स्थानीय तहहरुले आवस्यक कदम चाल्न सक्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell