काठमाडौं : नायिका दीपशिखा सिंह खड्काले दुर्व्यवहारविरुद्ध बोलिरहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई समर्थन गरेकी छन्।
आफूमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्दा साम्राज्ञीको अभिनेता भुवन केसीसँग वादविवाद बढेको छ। आफूमाथि दुर्व्यवहारको आरोप लगाएपछि भुवन केसीले १० करोड क्षतिपूर्ति माग्दै साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका छन्।
सामाजिक सञ्जालबाट सुरु भएको दुवैबीचको वादविवाद अदालत पुगेको तथा एकाअर्काप्रति आरोपप्रत्यारोप चलिरहँदा कलाकारहरु पक्ष विपक्षमा उभिन थालेका छन्। भुवन अदालत गएपछि धेरैले साम्राज्ञीप्रति सहानुभूति देखाएका छन्।
यसैक्रममा युएईमा बस्दै आएकी नायिका एवं फिल्म निर्माता खड्काले साम्राज्ञीलाई साथ दिएकी हुन्। दुबईमा फिल्म पढिरहेकी खड्काले नारीलाई कमजोर नसोच्न अभिनेता केसीलाई चेतावनी दिएकी छन्। ‘बोल्न परेको दिन बाहुको बिहे देखाइ दिन्छु,’ उनले चेतावनी दिएकी छन्।
कहिले ब्यक्तिगत कुरा त कहिले घरायसी कुरा निकाल्ने अनि अब १० करोडको माग्ने भन्दै आक्रोश पोखेकी उनले क्षतिपूर्ति होइन जुताको माला लगाएर हनुमान ढोका परिक्रमा गर्नुपर्ने उल्लेख गरेकी छन्।
उनले सिने क्षेत्रमा हिंसा, दुर्व्यवहार धेरै रहेको र आफूले पनि भोगेको भन्दै ठाउँमै प्रतिवाद गरेर शुटिङ छाडेर हिँडेको स्मरण गरेकी छन्।
भुवन काकालाई १० करोडको छेती दिनु पर्यो अरे तेस्का बाजे १० वटा जुत्ताको माला लगाएर हनुमानढोका गुमाउन नपुगेको त्यो पनि...
Posted by Dipshikha Singh Khadka on Sunday, July 26, 2020
कृपया पुरै पढनु होला..... म फिल्म पाउन छोडेको कलाकार हो रे 😆 काम नपाएर थन्किएको अनि चर्चामा आउन भुवन केसीको बारेमा ...
Posted by Dipshikha Singh Khadka on Sunday, July 26, 2020