PahiloPost

Aug 7, 2020 | २३ साउन २०७७

सागमा स्वर्ण जित्ने खेलाडीलाई कांग्रेसको सम्मान, कोरोना फैलिएकाले सुरक्षित रहन सभापति देउवाको आग्रह

सागमा स्वर्ण जित्ने खेलाडीलाई कांग्रेसको सम्मान, कोरोना फैलिएकाले सुरक्षित रहन सभापति देउवाको आग्रह

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३ औं सागमा स्वर्ण जित्ने खेलाडीहरुलाई आज सम्मान गरेको छ। केन्द्रीय पार्टी कार्यालय सानेपामा कार्यक्रम आयोजना गर्दै कांग्रेसले खेलाडीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुले खेलाडीलाई सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले खेलाडीहरुले राष्ट्रको नाम कमाइरहेको बताउँदै खेलकुदबाट स्वस्थ मानसिकताको विकास हुनसक्ने बताए। देउवाले कोरोनाको महामारी चलिरहेकोले सामाजिक दुरीलगायतका स्वास्थ्य सुरक्षामा ध्यान पुर्‍याउन अनुरोध गरे।

त्यस्तै, खेलकुद विभागका प्रमुख मोहन बस्नेतले सरकारको खेललाई हेर्ने दृष्टिकोण नपुगेको भन्दै परिवर्तन आवश्यक रहेको दाबी गरे। त्यस्तै राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले खेलाडी कुनै पार्टीको नहुने भन्दै नयाँ खेलकुद ऐनको सन्दर्भमा सबै पक्षहरुको सुझावलाई हेर्नुपर्ने आवश्यकता औँल्याए।



ट्रेन्डिङ पोस्ट

Ncell