PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

[अपडेट] कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तेस्रो व्यक्तिको शव पनि फेला



एम बम

[अपडेट] कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तेस्रो व्यक्तिको शव पनि फेला

कैलाली : कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तेस्रो व्यक्तिको शव पनि फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको भजनी नगरपालिका ८ का ३३ वर्षीय चन्द्र विकको शव फेला परेको हो। यसअघि ४० वर्षीय ईश्वर शाहको शव पथरिया र काडा नदीको दोभान छेउमा शुक्रवार फेला परेको थियो भने ११ वर्षीय बालक स्केल चौधरीको शव बिहीवार साँझ फेला परेको थियो।

कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले उनीसँगै बगेका अन्य तीन जनाको भने स्थानीयले जीवितै उद्धार गरेका बताए। मंगलवार रातिदेखिको लगातारको वर्षाले कैलालीको दक्षिण पूर्वी क्षेत्र डुबानमा परेको थियो। करिब ६ हजार घर डुबानमा परेको प्रशासनले जनाएको छ।

शुक्रवार पानी पर्न रोकिएपछि स्थानीय नदीमा आएको बाढीको सतह घट्दै गएको छ। उद्धार गरिएका जोशीपुर, जानकी नगर, टिकापुर क्षेत्रका बाढीपीडित घर फर्किन थालेका छन्। तर, भजनी नगरपालिकाका १ हजार ७ सय ४५ घर परिवार भने अझै घर फर्कन सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell