PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

चाँगुनारायणदेखि हनुमानढोकासम्म कलश यात्रा

चाँगुनारायणदेखि हनुमानढोकासम्म कलश यात्रा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : भक्तपुरको चाँगुनारायणबाट शुक्रवार हनुमानढोकामा चाँगुनारायणको प्रतिक चाँढीको कलश ल्याइएको छ।

कलश जात्राका रुपमा परिचित यस पर्वमा चाँगुनारायणबाट हिँड्दै हनुमानढोकासम्म कलश ल्याउने गरिन्छ। कलशलाई हनुमानढोका ल्याइसकेपछि जीवित देवी कुमारीलाई पनि जात्रा अवलोकनका लागि ल्याइएको थियो।  

चाँगुनारायणको प्रतीक स्वरुप चाँदीको कलश सहित लक्ष्मी र सरस्वतीको मूर्तिलाई पनि चाँगुदेखि हिँड्दै हनुमानढोका ल्याउने परम्परा रहेको छ।  

पुष्पदेवको पालामा यो जात्रा सुरु भएको मानिन्छ। महामारी अनिकाल हुँदा पुष्पदेवको पालामा कर्कलोको भोग चलाइएको कथन छ। कर्कलोको भोग चढाएपछि कलश जात्रा गर्ने परम्परा सुरु भएको बताइन्छ।

कलश जात्रा वर्षको दुईपटक हुन्छ। एकपटक साउन शुक्ल द्वादशी र अर्को षौष शुक्ल पूर्णिमामा यो जात्रा मनाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell