PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि

वीरगंजः जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार अबेर प्राप्त रिपोर्टमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो। 

नारायणी अस्पतालमा परीक्षण भएको हो।

यादवले संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गरेका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएका छन्। 
यादवले कोरोनामुक्त भएर चाँडै नियमित काममा फर्कने पनि जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell