PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन



रासस

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

दमौली : पहिरा खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो।

पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell