PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गुरुयोजनाको विरोधमा पशुपतिका स्थानीयद्वारा प्रदर्शन

गुरुयोजनाको विरोधमा पशुपतिका स्थानीयद्वारा प्रदर्शन

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : पशुपति विकास कोषले पशुपति (ग्वल) क्षेत्रलाई व्यवस्थित गर्ने भन्दै प्रस्ताव गरेको गुरुयोजनाको विरुद्धमा स्थानीयले शनिवार प्रदर्शन गरेका छन्।

कोषले ल्याएको गुरुयोजनाले 'ग्वल सभ्यता' नै समाप्त हुने भन्दै स्थानीयले प्रस्तावित गुरुयोजना स्वीकार नगर्ने भन्दै विरोध जनाएका हुन्।  शनिवार स्थानीयले गुरुयोजना खारेज हुनुपर्ने र स्थानीयसँग सल्लाह गरेरमात्रै यस्ता योजना ल्याउनुपर्ने भन्दै पशुपति क्षेत्र परिक्रमा गरेका थिए।

कोषले १०० वर्षको गुरुयोजना बनाई पशुपतिदेखि सिफलसम्मको बस्ती खाली गराउनेसहितको योजना प्रस्ताव गरेको छ। तर उक्त गुरुयोजनाबाट पशुपतिमा बस्दै आएका रैथाने विस्थापित हुने र त्यहाँका मूर्त र अमूर्त सम्पदा विनाश हुने भन्दै विरोध भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell