PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बारामा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी हुँदै



पहिलोपोस्ट

बारामा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी हुँदै

वीरगंज : जिल्ला प्रशासन कार्यालय बाराले भोलि आइतवार बिहान ५ बजेदेखि जिल्लामा पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने भएको छ।

शुक्रवार राति विज्ञप्ति निकाल्दै आइतवारदेखि चारपाग्रे र मोटरसाइकल पूर्णरुपमा सञ्चालनमा बन्देज लगाउँदै कडा रुपमा निषेधाज्ञा पालाना गराउन सरोकारवालाहरुलाई निर्देशन दिएको हो। संकट व्यवस्थापन केन्द्र बाराको शुक्रवार बसेको बैठकले पर्सामा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै बारा जिल्लाका बासिन्दाको जीवन रक्षाको लागि आवश्यक सेवा बाहेकका काम तथा जथाभावी भिडभाड, धार्मिक, सांस्कृतिकमा रोक लगाइएको हो।

प्रशासनले आवश्यक सेवामा विद्युत, खद्यान्न, खानेपानी, दूध, ग्यास, औषधी, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका मासिनहरुलाई मात्र राजमार्गमा आवतजावत गर्न दिएको छ। बाराका बढी भिडभाड हुने बजारमा कलैया, सिम्रौनगढ, कोल्हबी, निजगढ, पथलैया, सिमरा, जितपुर, परवानीपुर, प्रसौनी लगायतका ठाउँमा पसल खोल्न निषेध गरेको छ। वीरगंज पथलैया औद्योगिक कोरिडोरका उद्योगमा अत्यावश्यक उद्योगमा मजदुरलाई उद्योग परिसर भित्रमात्र राखेर उद्योग चलाउन र बाँकी उद्योग बन्द गर्न पनि निर्देशन छ।

यस अघि साउन १४ गते नै जिल्ला प्रशासन कार्यालयले नोटिस जारी गरेर कुनै पनि धार्मिक गतिविधि नगर्न भनेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell