PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

वयोधा अस्पतालमा मृत्यु भएकी महिलाको कोभिड-१९ रिपोर्ट पोजेटिभ, २८ घण्टा बित्दा पनि उठेन शव



राधेश्याम पटेल

वयोधा अस्पतालमा मृत्यु भएकी महिलाको कोभिड-१९ रिपोर्ट पोजेटिभ, २८ घण्टा बित्दा पनि उठेन शव

वीरगंज : नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी महिलामा कोभिड-१९ पुष्टि भएको छ। अस्पतालमा उपचाररत् ५० वर्षीया उनको शुक्रवार विहान १० बजे १२ मिनेटमा मृत्यु भएको थियो।

शुक्रवार नारायणी अस्पताल, पिसिआर ल्याबको राति ११ बजे आएको रिपोर्टमा ३ महिलासहित ६४ जनामा संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले भने,’महिलाको मृत्युको कारण कोरोना नै रहेछ।‘

वीरगंज १६, नगावा घर भएकी महिला निमोनिया उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्। शुक्रवार विहानदेखि उनको स्वास प्रस्वासमा समस्या देखिएको हो। मृत्यु अघि उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। 

मृत महिलाको शव हालसम्म अस्पतालमै छ।

वीरगंजको गण्डक नेशनल मेडिकल कलेज, वयोधा हेल्थकेयर र आफ्नै घरमा गरी कुल ११ जनाको मृत्यु भएको छ। जसमा रौतहटका १, बाराका २ र एक भारतीय रहेका छन्। साउन १ गते यता ९ जनाको मृत्यु कोरोनाबाट भएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell