PahiloPost

Nov 28, 2025 | १३ मंसिर २०८२

कैलालीका ३० जनासहित सुदूरपश्चिममा आज थप ५३ जनामा कोरोना पुष्टि



एम बम

कैलालीका ३० जनासहित सुदूरपश्चिममा आज थप ५३ जनामा कोरोना पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा आज थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० जनासहित सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै, बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छव्वीसपाथिभेराका तीनरतीन जना र बझाङकै मष्टा गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

आज ५३ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ७८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell