PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सेती नदीमा नहाउने क्रममा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता



पहिलोपोस्ट

सेती नदीमा नहाउने क्रममा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता

कैलाली : डोटीको सेती नदीमा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन्। डडेल्धुरा परशुरामका हरि जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक विनय सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

उनीहरु दुवै जना डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनले बताए। डडेल्धुराबाट शैलेश्वरी दर्शनका लागि उनीहरु डोटी पुगेर फर्किने क्रममा सेती नदीमा नुहाउन गएको उनको भनाइ छ।

उनीहरु दुवै नुहाउने क्रममा बेपत्ता भएका र दुवै जनाको खोजी भइरहेको प्रहरी निरीक्षक बोहराले बताए। उनीहरू डडेल्धुरा अस्पतालमा कार्यरत थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell