
ब्रिटिस एकेडेमी फिल्म अवार्ड (टिभी) अवार्ड २०२० भएको छ। जुलाई ३१ मा भर्चुअल्ली आयोजित कार्यक्रममा विजेताहरू घोषणा भएका हुन्।
महामारी र लकडाउनका कारण वर्षको सुरुवातमा हुनुपर्ने कार्यक्रम स्थगित भएको थियो। कार्यक्रममा सन् २०१९ मा प्रसारित कार्यक्रम, प्राविधिक, कलाकार लगायत पुरस्कृत भएका हुन्।
अवार्डमा बीबीसी वानको ‘एलिजावेथ इज मिसिङ’की ग्लेन्डा ज्याकसन उत्कृष्ट अभिनेत्री ठहरिइन्। उत्कृष्ट अभिनेता ज्यारेड ह्यारिस भए। उनी स्काइ एट्लेन्टिकमा प्रसारण हुने ‘सेर्नोबिल’का मुख्य अभिनेता हो।
बीबीसीकै ‘ब्लू प्लानेट लाइभ’ले उत्कृष्ट प्रत्यक्ष प्रसारण भएको कार्यक्रम ठहरियो। स्काइ न्यूजले हङकङमा भएको आन्दोलनबारे तयार गरेको समाचार सामाग्रीले पनि अवार्ड जितेको छ। रियालिटी सोमध्य बीबीसी टूको ‘रेस अक्रस द वर्ल्ड’ उत्कृष्ट घोषित भयो। बीबीसी टूकै ‘लास्ट सर्भाइभर’ सिंगल डकुमेन्ट्रीतर्फ विजेता रह्यो।
फिचरतर्फ बीबीसी टूको ‘द मिसएड्भेन्चर्स अफ रोमेश रंगनाथान’ले अवार्ड जित्यो। च्यानल ४ को ‘द एन्ड अफ द फ*** वर्ल्ड’ ड्रामा सिरिजतर्फ उत्कृष्ट घोषित भयो।