विराटनगर : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम प्रसाद सञ्जेलमाथि कुटपिट भएको छ।
नेपाल सरकारका उपसचिव तहका सञ्जेल शनिवार आफ्नै कार्यकक्षमा कुटिएका हुन्। उनलाई महिला कर्मचारीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्काका अनुसार कार्यालय सहयोगी दुई महिलाले कुटपिट गरेका हुन्। कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको हो।
‘उहाँले हामीलाई कार्यालयमा ममाथि हातपात भयो भनेर फोन गर्नु भएको थियो, कार्यालयबाट तत्काल हामीले सुरक्षा कर्मी खटायौं’, उनले भने, ‘त्यसपछि दुवै पक्षलाई प्रहरी कार्यालयमा ल्याइएको छ।’
घटना सामान्य भएकाले दुवै पक्षलाई राखेर अहिले छलफल चलिरहेको उनले बताए।
