PahiloPost

Aug 7, 2020 | २३ साउन २०७७

‘इनफ इज इनफ’का अभियन्तालाई भेट्न बसन्तपुर पुगे देउवा र सिटौला, ‘सरकारले अनसनमा बसेका युवालाई बचाउनुपर्छ’



पहिलोपोस्ट

‘इनफ इज इनफ’का अभियन्तालाई भेट्न बसन्तपुर पुगे देउवा र सिटौला, ‘सरकारले अनसनमा बसेका युवालाई बचाउनुपर्छ’
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन्। सतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै अनसन बसिरहेका अभियन्ताहरुलाई समर्थन गर्न सभापति देउवा बसन्तपुर पुगेका हुन्।

असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले बसन्तपुरमा अनसनरत रहेका छन्। अनसनरत युवाहरु भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे। उनले सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर उनीहरुका माग पूरा गर्नेगरी समझदारी गर्न माग गरे।

उनले भने, ‘हाम्रो पार्टीको ऐक्यवद्धता छ। उहाँहरुको मागलाई समर्थन छ। मान्छेलाई मर्न दिनु हुन्न। ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ। सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गरिरहेको छ। यसको घोर भत्र्सना गर्छु।’

यस्तै, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको बताए। सरकारले आफ्ना प्रतिनिधि पठाएर उनीहरुले उठाएका मागहरु पुरा गर्नुपर्ने उनले बताए।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो। कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell