PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

राष्ट्रिय सभाका समिति पुनर्गठन, सभापति चयनबारे मिति तोकिएन



पहिलोपोस्ट

राष्ट्रिय सभाका समिति पुनर्गठन, सभापति चयनबारे मिति तोकिएन

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विषयगत समिति पुनर्गठन गरेका छन्। नियमावली अनुसार समितिको कार्यवधि दुई वर्ष हुने व्यवस्था छ। शुक्रवार समिति गठन भएको दुई वर्ष पुगेको थियो। शनिवार नै समितिका सदस्य मनोनयन गरेर पूर्णता दिइएको हो।

समिति पुनर्गठनसँगै सभापति चयनको प्रक्रिया पनि आरम्भ गर्नुपर्नेछ। जसको कार्यतालिका अध्यक्षको निर्देशनमा राष्ट्रिय सभा सचिवले गर्ने नियमावलीमा व्यवस्था छ।

राष्ट्रियसभामा चार विषयगत समिति छन्। सभामा दिगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र विधायन व्यवस्थापन समिति छन्। 

यसअघि चारमध्ये तीन समितिका सभापति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का थिए। एक सभापति भने विपक्षी दलले पाएको थियो।

पुनर्गठित समितिको सभापति चयन नभएसम्मका लागि ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने छन्।

कुन समितिमा को?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell