PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु, जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो



राधेश्याम पटेल

वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु, जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

वीरगंज : वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंज-१६ नगवाकी एक महिलाको शनिवार साँझ करिब ६ बजे मृत्यु भएको हो।

नारायणी बयोधा अस्पताल प्रालि, गण्डक बहुअरीको आईसियु कक्षबाट रेफर गरी गण्डक कोभिड अस्पतालमा लगेपछि उनको मृत्यु भएको बताइएको छ। गण्डक कोभिड अस्पतालको डियुटीमा खटिएका वरिष्ठ फिजिशियन डा.नीरजकुमार सिंहले संक्रमितलाई गण्डक अस्पतालमा बुझने क्रममै मृत्यु भइसकेको पुष्टि गरेका छन्।

केही दिनदेखि निमोनियाबाट ग्रसित ती महिला बयोधा अस्पतालमा उपचार गराइरहेकी थिइन्। साउन १५ गते उनको स्वाब संकलन गरिएको थियो। साउन १६ गते राति ११ बजे उनको रिपोर्ट पोजेटिभ आएको थियो।

संक्रमित महिलाको मृत्यु भएपछि बयोधा अस्पतालका सम्पूर्ण विरामीहरुलाई डिस्चार्ज गरिएको छ। हाल अस्पतालाई डिस्इन्फेक्ट गर्ने काम भइरहेको छ।

यससँगै वीरगंजमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको नारायणी अस्पतालले जनाएको छ। मृतकहरु पर्सा,बारा,रौतहट,भारतका रहेका छन्। घण्टाघरमा भेटिएका एक जना बेवारिसे लासको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको थियो।

नेशनल मेडिकल कलेजमा बारा,करौयामाईर्का एक वृद्ध,वीरगंज हेल्थकेयरमा बारा निजगढका ५ वर्षीय बालक,गण्डक कोभिड अस्पतालमा रौतहटका ३६ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो। त्यसैगरी,आदर्शनगरका व्यवसायी ६५ वर्षीय भारतीय नागरिक,माईस्थानका दुई जना वृद्ध,वीरगंज श्रीपुरकी एक वृद्धा,छपकैयाका एक वृद्ध र नगवाका दुई वृद्धा महिला गरी कुल १२ जनाको मृत्यु भएको गण्डक कोभिड अस्पतालका सयोजक डा. उदायनारायण सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell