PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

बलात्कारविरुद्ध प्रकाश सपुतको ‘बदला’, पीडितमा जाग्ने मनोवैज्ञानिक ‘भूत’को कथा भिडियोमा



पहिलोपोस्ट

बलात्कारविरुद्ध प्रकाश सपुतको ‘बदला’, पीडितमा जाग्ने मनोवैज्ञानिक ‘भूत’को कथा भिडियोमा

काठमाडौं : समाजमा व्याप्त गलत प्रवित्तिले पार्ने असर र त्यसले जन्माउने मनोवैज्ञानिक 'भूत' को कथा समेटेर गीति भिडियो सार्वजनिक भएको छ। ‘बदला बरिलै’ बोलको गीत युट्युब रिलिज भएको हो। गीतमा प्रकाश सपुतको शब्द तथा संगीत रहेको छ भने देवी घर्तीले स्वर दिएकी छिन्।

गीतको भिडियोमा गायिका बन्ने सपना देखेकी एक किशोरीको कथा देखाइएको छ। जो कथित गायन निर्णायकबाटै बलात्कृत हुन्छिन्। स्वेर कल्पनासहितको भिडियोमा एउटी किशोरीमाथि हुने यौनजन्य दुर्व्यवहारले पार्ने असर देखाइएको छ। पीडित युवतीको मनोविज्ञानलाई कथा बनाएर प्रस्तुत गरिएको हो।

समग्रमा महिलामाथि हुने दुर्व्यवहार, बलात्कारविरुद्धको आवाजजस्तो लाग्छ गीत। बलात्कार जस्तो जघन्य अपराध गरेका व्यक्तिहरु शक्ति र पहुँचको आडमा स्वतन्त्र हिँड्नु, प्रशासनले त्यस्ता व्यक्तिहरुलाई जोगाउने गरिएका घटनालाई गीतमार्फत प्रस्तुत गरिएको छ।

प्रशासन र अदालतले त्यस्ता अपराधीहरुलाई स्वतन्त्र छाडेपनि अन्तत त्यस्ता ती अपराधीहरुसँग समाजले कुनै न कुनै रुपमा बदला लिएर छाड्ने सन्देश गीतको भिडियोमार्फत् प्रस्तुत गरिएको छ।

‘बदला बरिलै’ मा नायिका केकी अधिकारी फिचर्ड छिन्। अन्य कलकारहरू ध्रुव कोइराला, हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर र सन्ध्या गौतम बरालको पनि अभिनय रहेको छ। भिडियोको निर्देशन तथा परिकल्पना प्रकाश सपुत स्वयंले गरेका हुन्। यस लोक गीतको क्रिएटिभ निर्देशकका रुपमा देवेन्द्र बाबलु छन्।

गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको नेपाल ट्रेन्डिङमा रहेको छ भने झण्डै ३ लाख पटक हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell