PahiloPost

Jun 24, 2026 | १० असार २०८३

एफए कप: औबमेयाङको दोहोरो गोलमा चेल्सीलाई हराउँदै आर्सनल च्याम्पियन



पहिलोपोस्ट

एफए कप: औबमेयाङको दोहोरो गोलमा चेल्सीलाई हराउँदै आर्सनल च्याम्पियन

एफए कप अन्तर्गत गएराति भएको फाइनल खेलमा चेल्सीलाई हराउँदै आर्सनल च्याम्पियन बनेको छ। वेम्बले स्टेडियममा भएको खेलमा चेल्सीलाई हराउँदै आर्सनलले १४ औं पटक उपाधि चुमेको हो।

आर्सनलको जितमा पियरे एम्रिक औबमेयाङले दोहोरो गोल गरे। खेलमा अग्रता भने चेल्सीले बनाएको थियो। खेलको पाँचौ मिनेटमा ओलिभर जिराउडको पासमा क्रिस्टियन पुलिसिकले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

यद्यपि २८ औं मिनेटमा गोल फर्काउँदै औबमेयाङले खेल बराबरीमा ल्याए। सिसर अज्पिलिक्विटाले उनलाई फउल गरेपछि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए। यो सँगै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा भने आर्सनलले अग्रता बनायो। खेलको ६७ औं मिनेटमा औबमेयाङले निकोलस पेपेको पासमा गोल गर्दै अग्रता बनाए। चेल्सीले त्यसपछि गोल फर्काउन नसक्दा उनको गोल नै आर्सनल एफए कपको च्याम्पियन बन्न पर्याप्त बन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell