PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

च्याम्पियन युभेन्टस घरेलु मैदानमा पराजित



पहिलोपोस्ट

च्याम्पियन युभेन्टस घरेलु मैदानमा पराजित

इटालियन सिरि ए अन्तर्गत गएराति भएको सिजनको आफ्नो अन्तिम खेलमा च्याम्पियन युभेन्टस रोमासँग पराजित भएको छ। एलिनाज स्टेडियममा भएको खेलमा घरेलु टोली युभेन्टस ३-१ गोलअन्तरले पराजित भएको हो।

खेलको ५ औं मिनेटमै गोन्जाओ हिग्विनले घरेलु टोलीलाई अग्रता दिलाए पनि रोमाले उत्कृष्ट पुनरागमन गरेको थियो। खेलको २३ औं मिनेटमा निकोलस कलिनिकले गोल गर्दै रोमालाई बराबरीमा ल्याएका थिए। त्यस्तै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै डिएगो पेरोट्टीले युभेन्टसलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा रोमाका लागि पेरोट्टीले नै अर्को गोल थपे। र, च्याम्पियन युभेन्टस ३-१ ले पराजित बन्न पुग्यो।

यो पराजय युभेन्टसले घरेलु मैदानमा ४० खेलपछि ब्यहोरेको पहिलो पराजय हो। युभेन्टस सिरि ए मा सन् २०१८ मा नापोलीसँग पराजित भएयता घरेलु मैदानमा अपराजित थियो।

सिजनको अन्तिम खेलमा युभेन्टसले घरेलु मैदानमा ट्रफी उचालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell