PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

कोरोनाको 'नक्कली रिपोर्ट' आउँदा नेगेटिभ, मृत्युपछि भेटियो पोजेटिभ



पहिलोपोस्ट

कोरोनाको 'नक्कली रिपोर्ट' आउँदा नेगेटिभ, मृत्युपछि भेटियो पोजेटिभ

कोलकाता : गएको बिहीवार ५७ वर्षीय बैंक म्यानेजरको मृत्यु भयो। उनलाई ल्याबले नक्कली रिपोर्ट दिँदै कोरोना भाइरस नरहेको जनाएको थियो। उनलाई दिएको रिपोर्ट नक्कली भएको त्यतिखेर पुष्टि भयो जतिखेर उनको मृत्यु भयो र रिपोर्टमा देखायो - पोजेटिभ।

कोलकाता पुलिसले तीन जनालाई पक्राउ गरेको छ, यस प्रकरणमा। मृतकको पत्नीको उजुरीका आधारमा नक्कली रिपोर्ट दिनेहरुलाई पक्राउ गरिएको हो। यसैगरी अरुलाई पनि झुटा रिपोर्ट दिएका हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

'स्वाबको रिपोर्ट हातलले लेखिएको थियो जसमा जम्मा ९ वटामात्र अंक थियो। सक्कलीमा रिपोर्टमा १३ डिजिट हुन्छ। यो नक्कली रिपोर्ट थियो,' कोलकाताको सरकारी कोभिड उपचार केन्द्र एमआर बंगौर अस्पतालका एक चिकित्सकले भने।

प्रहरीका अनुसार विमल सिन्हा रुघाखोकी र ज्वरोले थलिएका थिए। उनीहरुका पारिवारिक चिकित्सकले एउटा प्याथालोजिकल ल्याबको नम्बर दिए जसले उनको घरमै आएर स्याम्पल लैजान सक्थ्यो। नराम्ररी थलिएका उनी परीक्षण गराउन जानसक्ने अवस्थामा थिएनन्।

'जब उनीहरुले ल्यबलाई सम्पर्क गरे, त्यसका संचालकले एक युवकलाई स्याम्पल लिन पठायो जुलाइ २५ मा। एक दिनपछि फोनबाटै सिन्हामा कोरोना परीक्षण नेगेटिभ देखिएको खबर गरे। परिवारले टेस्ट रिपोर्ट मागेपछि उनीहरुले हातले लेखेको रिपोर्ट पठाए ह्वाट्स एप म्यासेजबाट जसमा उनलाई कोरोना भाइरस नभएको लेखिएको थियो,' नेताजी नगर पुलिस स्टेसनका एक अधिकृतले बताए।

उनको स्वास्थ्य अवस्था सुध्रिएन। त्यसपछि अस्पताल पुर्‍याइए। पछि उनलाई एमआर अस्पताल नै रिफर गरियो।

'अस्पतालका चिकित्सकले रिपोर्ट झुटो भएको बताउनुभयो। स्याम्पल लिन आएको युवकले २ हजार रुपैयाँ लिएर गएको थियो। उहाँमा ३० जुलाइमा कोरोना भाइरसर पोजेटिभ देखियो सरकारी अस्पतालमा परीक्षण गर्दा। हामीले उपचारका लागि महत्वपूर्ण समय गुमायौं। समयमा नै पोजेटिभ देखिएको भए उहाँलाई उपचार गराउन सक्थ्यौं,' विमलका छोरा हरिश सिन्हाले भने।

प्रहरीले पक्राउ गरेका तीन जना व्यक्ति ह्वाट्स एप म्यासेजकै आधारमा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा इन्द्रजीत सिक्दर, विश्वजीत सिक्दर तथा तेस्रो व्यक्ति अनित पैरा हुन् जसले ल्याब संचालन गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell