PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सभामुख सापकोटाको रिपोर्ट नेगेटिभ, अन्य कर्मचारीमा पनि देखिएन कोरोना



पहिलोपोस्ट

सभामुख सापकोटाको रिपोर्ट नेगेटिभ, अन्य कर्मचारीमा पनि देखिएन कोरोना

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा सभामुख सापकोटाको रिपोर्ट कोरोना नेगेटिभ देखिएको हो।

त्यस्तै, सभामुख सापकोटा लगायत उनका सचिवालयका कर्मचारी र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको राष्ट्रिय प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकल अनुसार शुक्रवार सभामुख सापकोटासहित सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell