PahiloPost

May 15, 2025 | २ जेठ २०८२

वीरगंजमा थप दुई जनाको शंकास्पद मृत्यु : एक जना महिना दिनअघि दिल्लीबाट आएका, अर्का रिक्सा चालक



राधेश्याम पटेल

वीरगंजमा थप दुई जनाको शंकास्पद मृत्यु : एक जना महिना दिनअघि दिल्लीबाट आएका, अर्का रिक्सा चालक

वीरगंज : वीरगंजमा थप दुई जना पुरुषको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा पुरानो बारामा घर भई हाल वीरगंज–१६ गणेश टोलमा बसोवास गर्ने अविवाहित ६५ वर्षीय पुरुष रहेका छन्। उनको शनिवार दिउँसो गणेश टोलमै रहेको आफ्नै निवासमा मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उनको घरमा परिवारको अन्य कोही सदस्य नबस्ने र एक महिनाअघि उनी भारतको दिल्लीबाट वीरगंज फर्केर घरमै बसिरहेको अवस्थामा उनको स्वास्थ्यमा गडबडी भई उपचारको अभावमा मृत्यु हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी मनोजित कुँवरले बताए। उनका अनुसार उनको स्वाब संकलन हिजै भइसकेको र सम्भवता आइतवार रातिसम्म रिपोर्ट आउने छ।

त्यसैगरी, वीरगंज–१५ भिस्वा क्षेत्रको जिल्ला आयुर्वेद पर्साको कार्यालय नजिक पनि एक जना २३ वर्षीय युवकको शव शनिवार अपरान्ह भेटिएको थियो। बाराका बासिन्दा भइ डेरामा बसी रिक्सा चालक र दैनिक ज्यालादारीमा काम गर्दै आएका ती युवकको मृत्युको कारण अत्यधिक मदिरा सेवन हुन सक्ने प्रहरीको ठम्याई छ। तर पनि उनको पनि मृत्यु कोरोना संक्रमणबाट भएको हो की होइन भन्ने यकिन गर्न उनको स्वाब संकलन गरी परीक्षणको लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइसकिएको डिएसपी कुँवरले बताए। ‘जहाँ उसको शव भेटिएको थियो, त्यहाँ उनको दाजुको घर पनि छ, सधैं मापसे गर्ने अनि दैनिक ज्यालादारी गर्दै आएका थिए, उनी पनि अविवाहित रहेको देखिएको छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell