PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओली-प्रचण्ड 'कुलडाउन' फ्याक्टर बने वामदेव र विष्णु: कार्यकारी दिन ओली लचिलो तर उधारो सम्झौता गर्ने मुडमा छैनन् प्रचण्ड



प्रकाश भण्डारी

ओली-प्रचण्ड 'कुलडाउन' फ्याक्टर बने वामदेव र विष्णु: कार्यकारी दिन ओली लचिलो तर उधारो सम्झौता गर्ने मुडमा छैनन् प्रचण्ड

काठमाडौं: १३ गतेको स्थायी कमिटी बैठक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लागि निकै विवादित बन्यो। दुई अलग पार्टीकै अभ्यास गरेझै अध्यक्ष केपी ओलीले स्थगित गरेको बैठक अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले सुचारु गरे। प्रचण्ड र बरिष्ठ नेता माधव नेपालको स्थायी कमटीको बैठक नै भएको दाबीलाई अस्वीकार गर्दै ओली खेमाले गुट भेलाको संज्ञा दियो। दुई अध्यक्ष बीचको बढदो तिक्तताले संवादहीनता सुरु भयो। असार १० गते सुरु भएको स्थायी कमिटी बैठक तनावपूर्ण भएपनि दुई अध्यक्ष भने संवादमै रहेका थियो साउन १३ गते अघि। नेकपाले बिवाद मिलाउने जिम्मा पनि दुई अध्यक्षलाई दिएको थियो नेकपाले तर १३ गतेपछि प्रचण्डले निकास ननिस्कने वार्तामा बस्न उचित ठानेन्। र उनले पहल पनि गरेनन्। पाँच दिन पछि भने ओली प्रचण्ड भेटन सहमत भएका छन्।

कसरी तोडियो संवादहीनता?

लामो समयदेखि बिवाद मिलाउन भन्दै ओली प्रचण्ड संवादमै भएपनि साउन ९ गते पुष्पलालको ४२ स्मृतिमा प्रचण्डले बिवाद बढ्दै गएको संकेत गरे। उनले भने, 'अर्का अध्यक्षकै संक्रियतामा पूर्व एमाले दर्ता गरियो। पार्टी संकटमा छ।' उनले बढदो बिवादको ट्रेलर मात्रै सार्वजनिक गरेनन् १३ गतेको बैठक तनावपूर्ण हुनसक्ने संकेत पनि गरे। किनकी ओलीले कुनैपनि हालतमा बैठक टार्न चाहन्थे।

दुई अध्यक्षको बढदो तनावका कारण उनीहरुबीच ५ दिनसम्म प्रतक्ष्य संवाद भएन। बरु उनीहरुले एक अर्का गुटका नेताबाट संदेश पठाइरहे। प्रचण्डले बिष्णु पौडेल मार्फत निकास निस्कने गरे छलफलमा बस्नका लागि तयार हुन ओलीलाई सन्देश पठाए। प्रधानन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १३ गते पछिका पाँच दिनमा ओली प्रचण्ड बीच संवाद नै भएन। बरु उनीहरुले एक अर्का बिरुद्धको रणनीतिलाई थप मजबुद बनाउन तर्फ लागे। आफ्ना गुटका नेतालाई दायाँबाया नलाग्न प्रचण्डले निर्देशन दिइरहे।

प्रचण्ड निकट एक नेताका अनुसार २ दिनसम्म प्रचण्डले उनीहरुलाई कित्ता क्लिएर गर्न निर्देशन नै दिएका थिए। उता केपी ओलीपनि प्रचचण्ड गुटलाई कसरी फुटाउन सकिन्छ भनेर तानबाना बुनी नै रहेका थिए। त्यसैको एक झलक थियो- बामदेव गौतमको ६ बुदे प्रस्ताव र ओलीले गौतमको घरमा गरेको १३ गतेको डिनर मिटिङ। ओलीले प्रचण्ड गुटका नेताहरुलाँई एक्ला एक्लै र समुहमा भेटेर संवाद बढाइरहदा दाहाललाई भने अस्वीकार गरिरहेका थिए। तर ओलीले बिष्णु पौडेल मार्फत प्रचण्डलाई भेटन सहमत भए। एक अर्का गुटका गतिविधि र अभिव्यक्तिका कारण रिसाएका प्रचण्ड-ओलीलाई 'कुलडाउन गराउन' गौतम र महासचिव विष्णु पौडेल खटिएका थिए। स्रोतका अनुसार बामदेवले ६ वुदे प्रस्ताव ल्याउनु अघि प्रचण्डसँग सहमति लिएका थिए। उनको प्रस्ताव भाव नै कार्यकारी प्रचण्डलाई दिने थियो। तर ओलीले त्यसलाई आफ्नो पद जोगाउने यन्त्र हुनसक्नेरुपमा ब्याख्या गरे। '६ बुदेपनि प्रचण्डकै सहमतिमा आएको थियो। त्यसपछि बामदेव कमरेडले नै प्रचण्डलाई कुलडाउन गराउनु भएको हो। ५ दिन सम्म बिष्णु पौडेलले ओलीका तर्फबाट लबिङ गरिरहेका थिए। अहिले ओली कार्यकारी दिन अलिस लचिलो भएका छन्,'स्रोतले भन्यो। तर कार्यकारी दिदा यसअघि सहमति पालना नभएको भन्दै प्रचण्डले मोडालिटीको लागि लविङ गरिरेहका छन्।

 झलनाथको दाउ

अहिले नेकपाका हेभिभेट नेता प्रचण्ड तिर लाग्दा ओलीको पदमा अस्थिरता आयो तर प्रचण्ड तिर रहेका नेता आफ्नो गुटभित्र पनि लबिङ गर्न थालेका छन्। स्रोतका अनुसार सचिवालय सदस्य रामबहादुर थापा बादल आफ्नै गुट बलियो बनाउन लागे। त्यसका लागि उनले केही दिन अघि आफ्ना गुटका नेताको गोप्य भेला गरेका थिए। दाहलले ओलीसँग गरिरहेको लबिङमा आफ्ना भूमिका गौण हुने देखेपछि उनि आफ्नो गुट बलियो बनाउन लागेका हुन्। प्रचण्ड-माधव गुटमा अर्का हेभिभेट नेता छन् झलनाथ खनाल। उनी अहिले प्रचण्डसँग बढी नजिक छन्। १३ गते ओलीलाई भेटना जादा पनि प्रचण्डसँग उनी नै गएका थिए। माधव नेपाल भेटन अनइच्छकु देखिए पनि झलनाथ पनि ओलीसँगको लविङमा सक्रिए छन्।

प्रचण्डलाई कार्यकारी अध्यक्षको भुमिका दिएपनि महाधिवेशन सम्म पार्टीको बैचारिक तथा सांगठनिक जिम्मेवारी अर्का एक नेतालाँई दिने विषयमा पनि ओली प्रचण्डको वार्तामा छलफल भइरहेको छ। त्यसका लागि अहिले झलनाथले लबिङ गरिरहेको स्रोतले बतायो। तर माधव नेपाल भने ओली, प्रचण्ड र वामदेवको लविङ प्रति सक्रिए छैनन्। उनले वाहिर आफू एकताको पक्षमा भन्ने गरेको भएपनि उनी नेकपा भित्र आफूलाई शक्तिशाली पद नपाएमा नमान्ने प्रचण्ड निकट नेताले बताए।

समावेशीको चर्चा

अहिले दोस्रो तहका नेताहरु सचिवालय र स्थायी कमिटी पुनरगठनको माग गरिरहेका छन्। त्यसका लागि सचिवालय र स्थायी कमिटी समावेशी बनाउनुपर्ने उनीहरुको माग छ। सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसको अगुवाइ गरिरहेको स्रोतको दाबी छ। नारायणकाजीले पनि अहिले पार्टी भित्र भागबण्ड खोजिरहको ति प्रचण्ड निकट नेताले बताए। 'नारायणकाजिले पनि आफ्नो हिस्साको कुरा उठाएका छन्। समावेशीको कुरा पनि उनी मार्फत आएको छ तर यो मुद्दा दोस्रो तहका नेताले उठाएका हुन्,'स्रोतले भन्यो।

'धर्ति हल्लिने गरि सम्झौता आउछ'

आइतवार ओली प्रचण्ड बीच भइरहेको भेट वारे जानकरी दिदै प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब धर्ति हल्लिने गरि सम्झौता आउने बताए। उनले अहिले ओलीले बोलाएर भन्दा पनि प्रचण्डले समय मागेर ओलीलाई भेटेको बताए। हालसम्म कुनै विषयमा सम्झता नै भइनसकेको भएपनि विभिन्न विषयमा छलफल भइरहेको उनले बताए। 'हाम्रा अध्यक्षका बीचमा कुराकानी र छलफल त भइरहेकै छ नी। अब धर्ती हल्लिने गरि सम्झौता आउछ नी आउदा खेरी त, 'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell