PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

भीमफेदी कारागारबाट भागेका कैदी मकवानपुरमा समातिए



पहिलोपोस्ट

भीमफेदी कारागारबाट भागेका कैदी मकवानपुरमा समातिए

काठमाडौं : कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ७ घर भएका २५ वर्षीय कुलदीपराज धामीलाई पक्राउ गरेको हो।

२१ वर्षीय  रोजिन गुरूङलाई हत्या गरेको अभियोगमा अदालतले २० वर्ष कैद सजाय तोकेको थियो। भीमभेदी कारागारमा कैद भुक्तान गरिरहेको धामी २०७६ कार्तिक ३० गते त्यहाँबाट भागेका थिए।

प्रहरीको खोजीमा रहेका धामीलाई शुक्रवार कंचनपुरबाट चितवन तर्फ आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले नवलपरासी देवचुली नगरपालिका वडा नं. १६ रजहर स्थितपुल छेउबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell