PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

विश्वकै अग्लो र लामो 'स्काइ साइकलिङ' नेपालमा



पहिलोपोस्ट

विश्वकै अग्लो र लामो 'स्काइ साइकलिङ' नेपालमा

काठमाडौं : द क्लिफ प्रालिले विश्वकै अग्लो र लामो स्काइ साइकलिङ बनाएको छ। स्टिल कोर केबलमा गरिने साइकलिङ तयार भएको हो।

बाग्लुङको बलेवा र पर्वतको कुश्मा बीच कालीगण्डकी खोचमा निर्माण गरिएको स्काइ साइकलिङको उचाई दुई सय २८ मिटर रहेको छ भने लम्बाई तीन सय मिटर रहेको छ। एक पटकमा दुई जनाले साइकलिङ गर्न मिल्नेगरी तयारी गरिएको छ।

द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइकलिङ तयार गरिएको छ। त्यसको सञ्चालनमा सुरक्षा सावधानी र उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए।

साइकलिङका लागि आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै उपलब्ध गराउने छ। साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुदाइन्छ।

विश्वकै दोश्रो अग्लो बन्जी, विश्वकै अग्लो स्विङ, गुलेली शैलीको नेपालकै नमुना पिङ समेत निर्माण गरेको कम्पनीले सो क्षेत्रलाई एड्भेन्चर हवका रुपमा स्थापित गर्ने योजना बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell