PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ओली-प्रचण्डलाई ६ दिनपछि जुर्‍यो भेट : झलनाथ र सुवास नेम्वाङ राखेर बालुवाटारमा तीन घण्टा छलफल



पहिलोपोस्ट

ओली-प्रचण्डलाई ६ दिनपछि जुर्‍यो भेट : झलनाथ र सुवास नेम्वाङ राखेर बालुवाटारमा तीन घण्टा छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ६ दिनपछि छलफल गरेका छन्।आइतवार बालुवाटारमा भएको तीन घण्टा लामो छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए।

छलफलमा के कुराकानी भयो भन्ने खुल्न सकेका छैन। प्रचण्डका निकटस्थले भने, 'छलफलको सुरुवात भयो। छलफल सकारात्मक वा नकारात्मकतातिर गएको छैन।'

दुई अध्यक्षको गत साउन १३ गतेयता भेटघाट हुन सकेको थिएन। १३ गते बोलाइएको थायी कमिटी बैठक ओलीले स्थगित गरेपछि प्रचण्डले सोही दिन बैठक चलाएका थिए। बैठक सञ्चालनको क्रममा ओली, प्रचण्ड खनालबीच भेटघाट भएको थियो।

त्यसयताको संवाहीनता आज तोडिएको हो। असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताले ओलीको राजीनामा माग गरेका थिए। ओली राजीनामा नदिने अडानमा छन्। नेकपाको किचलो साम्य हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell