PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

पोखरा महानगरपालिकामा एक सहित गण्डकी प्रदेशमा थपिए २० नयाँ संक्रमित



पहिलोपोस्ट

पोखरा महानगरपालिकामा एक सहित गण्डकी प्रदेशमा थपिए २० नयाँ संक्रमित

काठमाडौं : गण्डकी प्रदेशका ५ जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएअनुसार ४ महिला र १६ जना पुरुषमा संक्रमण देखिएको हो।

पोखरा महानगरपालिकाका एक जना पुरुषमा संक्रमण देखिएको छ भने रुपा नगरपालिकामा ५ जनामा संक्रमण देखिएको छ। रुपामा दुई महिला संक्रमित भएका छन्।

तनहुँको म्याग्दे र आबुखैरेनीमा एक/एक जनामा संक्रमण देखिएको छ। स्याङ्जामा ८ जनामा संक्रमण देखिएको छ। पुतली बजारका दुई महिला र एक पुरुषमा संक्रमण देखिएको हो भने वालिङमा ५ जना पुरुषमा संक्रमण देखिएको हो।

लमजुङको सुन्दर बजारमा दुई र दोर्दीमा एक जना गरी तीन जनामा संक्रमित भेटिएका हुन्। त्यसैगरी वाग्लुङमा एक जनामा संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell