धनगढी : सेती प्रादेशिक अस्पतालमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको २३ नयाँ केस देखिएका छन्। कैलाली र बैतडीका गरी ५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो।
धनगढीका २, गोदावरीका १, घोडाघोडीका १, जोशीपुरका १, मोहन्यालका २, बर्दगोरियाका ८ र टीकापुरका ७ जनामा संक्रमण देखिएको हो। त्यसैगरी बैतडीको पाटनका एक जनामा पनि संक्रमण देखिएको छ। २४ घण्टामा २ सय ३६ जनाको परीक्षण भएकोमा २३ जनामा संक्रमण देखिएको हो।
सेती अस्पतालमा हालसम्म १७ हजार ५ सय ३४ जनाको परीक्षण गरिएको छ। अस्पतालको आइसोलेसन वार्डमा हाल ३ जना संक्रमितको उपचार भइरहेको छ।
