PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अनलाइन स्विमिङ्ग लेभल १ कोर्स सम्पन्न



पहिलोपोस्ट

अनलाइन स्विमिङ्ग लेभल १ कोर्स सम्पन्न

काठमाडौं: नेपाल ट्रायथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स सम्पन्न भएको छ। कोर्समा ट्रायथलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकहरुले सहभागिता जनाएका थिए।

प्रशिशक्षार्थीहरुलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाइन मार्फत प्रशिक्षण गराएका थिए। कोभिड १९ का कारण खेल गतिविधी ठप्प भइरहेको अवस्थामा प्रशिक्षकहरुलाई पौडी सम्वन्धि ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर बृद्धि गर्न कोर्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले बताएका छन्।

प्रशिक्षक लिले पौडी प्रशिक्षण सम्वन्धि तौरतरिकाका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि प्रशिक्षण दिएका थिए। प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको दाबी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell