PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

कोरोना संक्रमित अमिताभको अस्पतालको बेडबाट निराशाजनक तस्विर, किन झोक्राए?



पहिलोपोस्ट

कोरोना संक्रमित अमिताभको अस्पतालको बेडबाट निराशाजनक तस्विर, किन झोक्राए?

कोरोना भाइरसको संक्रमणबाट पीडित बलिउड अभिनेता अमिताभ बच्चनले निराशाजनक तस्विर सार्वजनिक गरेका छन्। कोरोना संक्रमणपछि अमिताभ दुई सातादेखि मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत छन्।

अमिताभले ट्वीटरबाट आफू निराश भएको तस्विर सार्वजनिक गरेका छन्। तस्विरमा झोक्राएको मुडमा उनी देखिन्छन्। क्याप्सन भने केही लेखेका छैनन्।

किन झोक्राए?

भारतीय सञ्चारमाध्यमले अमिताभको झोक्राएको तस्विरलाई शनिवार निधन भएका राज्यसभा सांसद अमर सिंहसँग जोडेर हेरेका छन्। भारतीय राजनीतिज्ञहरुमा अमर सिंह बलिउडसँग एकदमै नजिक थिए। धेरै कलाकारसँग उनको धेरै राम्रो सम्बन्ध रहेको छ। उनको निधनमा अधिकतर कलाकारले शोक व्यक्त गरेका छन्।

अमर सिंहको अमिताभसँग गहिरो सम्बन्ध थियो। आफ्नो मित्रको निधनमा अमिताभले झोक्राएको तस्विर सार्वजनिक गरेर दु:ख तथा शोक व्यक्त गरेको अनुमान भारतीय मिडियाले लगाएका छन्। अमर सिंहको निधनको केही समयपछि अमिताभले ब्ल्याक एण्ड ह्वाइट तस्विर सार्वजनिक गरेका थिए। उनको फोटोमुनी फ्यानहरुले अमर सिंहलाई श्रद्धांजली दिइरहेका छन्।

अर्कोतिर अस्पतालको सेवाबाट अमिताभ सन्तुष्ट नरहेको अनुमान पनि लगाइएको छ। साथै लामो समय भइसक्दा पनि कोरोना रिपोर्ट नेगेटिभ नआएकाले निराश भएको हुनसक्ने पनि भनिएको छ।

त्यसो त अमिताभले आफ्नो स्वास्थ्यबारे सामाजिक सञ्जालमार्फत अपडेट गराउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell