PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरका १२ जनासहित प्रदेश १ मा थपिए २७ जना संक्रमित



फूलमाया पुरी

विराटनगरका १२ जनासहित प्रदेश १ मा थपिए २७ जना संक्रमित

विराटनगर : प्रदेश १ मा आज २७ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १६ र सुनसरीमा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा ८ पुरुष, ४ महिला, कटहरीमा २, ग्रामथान र बुढीगंगामा १/१ पुरुष, सुनसरीको धरानमा ८ पुरुष, १ महिला, बराहक्षेत्र र इटहरीमा १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिएका छन्।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ७१ पुगेको छ। प्रदेश १ बाट आज ७ जना डिस्चार्ज भएका छन्।

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ५ महिला र २ पुरुष डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २१ पुगेको छ।

प्रदेश १ मा आज १ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षण गरिएकामध्ये ५ महिला र २२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell