बेलायतका ७ सयभन्दा बढी संगीतकर्मीहरूले नश्लवादविरुद्ध सामूहिक पत्र लेखेका छन्। गायक, संगीतकार, रचनाकार, व्यवस्थापक, निर्माता एवं म्युजिक कम्पनीहरूले 'नश्लवाद हटाउँ' भन्ने अभियान सुरु गरेका हुन्।
लिटल मिक्स, नाइल रोड्गर्स, लिउस् कपाल्डी, रीटा ओरा लगायत स्टारहरूले यस अभियान आह्वान गरेका हुन्। जारी खुला पत्रमा लेखिएको छ : हामी एकअर्का विरुद्ध प्रहार गरिरहँदा आफ्नै सबैभन्दा खराब स्थितिमा हुन्छौं।
संगीतकर्मीहरूले हस्ताक्षरसहित भनेका छन् 'हामी विभेद र घृणा होइन माया, एकता र मित्रता चाहन्छौं।'
'द १९७५', एमनेक, क्लीन ब्यान्डिट, युङ्ब्लड, बिफी स्लाइरो, म्याबेल, इयर्स एण्ड इयर्स, जोनस ब्लू, जोय क्रुक्स, जेम्स ब्लन्ट लगायत कलाकार अभियानमा सक्रिय छन्।
एड सेरेन र केथ ह्यारिसका व्यवस्थापकहरू पनि नश्लवादविरुद्धको अभियानमा जोडिएका छन्। एक सातासम्म इच्छाएको व्यक्तिले हस्ताक्षर गर्दै अभियानमा सहभागिता जनाउन सक्नेछन्।
बेलायती र्यापर तथा गीतकार विलेले यदूदी विरोधी पोस्ट सेयर गरेपछि यो अभियान सुरु भएको हो। गडफादर अफ ग्राइम भनेर चिनिने विलेले उक्त ट्वीट विवाद पछि हटाए। तर, उनीविरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिकाटिप्पणी गरे।
उनले आफ्नो ट्वीटका लागि माफी मागिसकेका छन् र भनेका छन् 'म नश्लवादी होइन।'
