PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भूमि आयोगलाई छिटो काम अघि बढाउन मन्त्री अर्यालको निर्देशन



पहिलोपोस्ट

भूमि आयोगलाई छिटो काम अघि बढाउन मन्त्री अर्यालको निर्देशन

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीसँग छलफल गरेकी छिन्।

आयोग पदाधिकारी तथा केही सांसदहरुसँग भएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिएकी हुन्।

‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो, त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस्’, मन्त्री अर्यालले भनिन्, ‘यो काम छिटो अगाडि बढाउनुपर्छ। तपाईहरु त्यसमा लाग्नुस्।’

आइतवार ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिएकी थिइन्। मन्त्री अर्यालले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्ने बताइन्।

देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उनले यो महत्वपूर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताइन्।

भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सबै मिलेर भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडि बढ्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell