काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका २९ प्रयोगशालामा ८ हजार ८६१ नमुना परीक्षण गर्दा २५ जिल्लामा २४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
नयाँ संक्रमितमा काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी पर्सा जिल्लामा ८१ र धनुषा जिल्लामा ३५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा सुनसरीका १०, कोशी अस्पताल प्रयोगशालामा मोरङका १३ तथा प्रादेशिक प्रयोगशाला विराटनगरमा सुनसरीका १ र मोरङका ३ जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३५, महोत्तरीका ४ तथा चितवन र सर्लाहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका २, डोटीका ११, कैलालीका १०, काठमाडौंका ११ र ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बर्दिया, दार्चुला, गोरखा, सुनसरी र सिन्धुलीका १/१ तथा काठमाडौंका ८ र रौतहटका २ जनामा संक्रण पुष्टि भएको छ। वीर अस्पताल प्रयोगशालामा काठमाडौंका १ तथा त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, त्रिविमै भएको परीक्षणमा पर्सा र सर्लाहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
प्रहरी अस्पताल काठमाडौंमा भएको परीक्षणमा काठमाडौंकै २ तथा स्टार अस्पताल सानेपामा भएको परीक्षणमा पर्साका २, ललितपुरका २ र महोत्तरीका १ जनामा संक्रमण पुष्टि भएको छ। नेपाल कोरिया मैत्री क्यान्सर अस्पताल भक्तपुरमा भएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्कीका ५ तथा क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा बाग्लुङका १, लमजुङका ३, स्याङ्जाका ८ र तनहुँका २ जनामा संक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बर्दियाका ९ तथा लुम्विनी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा नवलपरासी पूर्वका ३ र रुपन्देहीका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, डडेलधुरा अस्पताल प्रयोगशालामा भएको परीक्षणमा डोटीका १ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कुल संक्रमण पुष्टि भएकाको संख्या २० हजार ३३२ पुगेको छ। यसैबीच, थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ।
हाल संक्रमितमध्ये ५ हजार ६७२ जना उपचारका क्रममा अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन्। संक्रमितमध्ये १४ हजार ६०३ जना उपचारपछि निको भएर घर फर्किएका छन्। यो कुल संक्रमितको ७१.८ प्रतिशत हो। पछिल्लो २४ घण्टामा मात्र १११ जना उपचार पछि डिस्चार्ज भएका छन्।
