PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

अमिताभले दुई सातापछि जिते कोरोनालाई, अस्पतालबाट डिस्चार्ज



पहिलोपोस्ट

अमिताभले दुई सातापछि जिते कोरोनालाई, अस्पतालबाट डिस्चार्ज

बलिउड अभिनेता अमिताभ बच्चनले कोभिड १९ संक्रमणविरुद्धको लडाईं जितेका छन्। अमिताभको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। कोरोनामाथि जित हासिल गरेसँगै उनी डिस्चार्ज भएका छन्।

छोरा अभिषेकले ट्वीटरमार्फत पिताले कोरोनालाई जितेको जानकारी दिएका छन्। उनले चिकित्सक, फ्यानलगायत सबैलाई धन्यवाद दिँदै अमिताभ अब घरमै आराम गर्ने उल्लेख गरेका छन्।

लगत्तै अमिताभले पनि ट्वीट गरेर कोरोना नेगेटिभ आएको जानकारी दिएका छन्। भगवानको कृपा र आमाबुवाको आशीर्वादले आजको दिन देख्न पाएको भन्दै अमिताभले नानावटी अस्पतालका कर्मचारीको प्रशंसा गरेका छन्। साथै दर्शकलाई धन्यवाद दिएका छन्।

अमिताभलाई दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्यालाई पनि संक्रमण देखिएको थियो। उनीहरु यसअघि नै संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell