PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बालुवाटारमा दोहोरियो पुरानै अडान: स्थायी कमिटी र केन्द्रीय कमिटीबाट निकास निकाल्ने प्रचण्डको प्रस्तावलाई ओलीले भने 'नो'



प्रकाश भण्डारी

बालुवाटारमा दोहोरियो पुरानै अडान: स्थायी कमिटी र केन्द्रीय कमिटीबाट निकास निकाल्ने प्रचण्डको प्रस्तावलाई ओलीले भने 'नो'

काठमाडौं: प्रधानमन्त्री तथा  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्डबीच आइतवार भएको छलफल पनि निष्कर्ष विहीन भएको छ। दुबै अध्यक्षले पुरानै अडान कायम राखेकाले छलफल कुनै सहमतिमा पुग्न नसकेको हो।

बालुवाटार स्रोतका अनुसार प्रचण्डले पुरानै अडान अनुसार विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउन र त्यहाँबाट निकास ननिस्किए केन्द्रिय कमिटी बैठक बोलाउन प्रस्ताव गरेका थिए। सचिवालय वैठकमा एजेण्डा तय गरेर अघि बढनुपर्ने बारेमा छलफल भएपनि कस्ता एजेण्डामा छलफल गर्ने भन्नेबारे भने सहमति हुन सकेन। 'स्थायी कमिटी,सचिवालय र केन्द्रिय कमिटीका बारेमा पनि छलफल भयो अडान पुरानै छ। फेरबदल केही भएको छैन्। सहमति हुने सम्भावना कम भएको छ,'स्रोतले भन्यो।

ओली प्रचण्डको ५ दिनपछिको संवादहिनता तोडिएपनि आइतवारको छलफलले कुनै निकास भने ननिकालेको छलफलमा सहभागि नेताले बताए।

अर्ली महाधिवेशनका बारेमा छलफल भएपनि त्यसले महत्व पाएन। प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनमा मागेर चर्किएको नेकपाको विवाद साउन १३ गतेको प्रचण्ड र बरिष्ठ नेता माधव नेपालको एकतर्फि स्थायी कमिटी बैठकपछि झनै चर्कीएको छ। विवाद बढदै गएपछि ओली प्रचण्ड बीच संवादहीनता सुरु भएको थियो। साउन १० गते सुरु भएको स्थायी कमिटी बैठक विवाद मिलाउन नसकेपछि अनिर्णित बन्दै आएको छ। फेरी आइतवार झलनाख खनाल, बिष्णु पौडेल, प्रचण्ड र ओलीले बालुवाटारमा छलफल गरेका थिए। यसअघि ओली प्रचण्ड बीच भएका एक्ला एक्लै वार्ताले पनि विवाद समाधन गर्न सकेको थिएन।

'छलफलको फेरी सुरुवात'

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले आजको छलफल सकारात्मक तथा नकारात्मक केही पनि नभएको बताए। उनले आजको बैठकले फेरी नयाँ छलफलको सुरुवात भएको बताए। तर कुन नयाँ बिषयमा छलफल भयो भन्नेबारे भने उनले खुलाएनन्। उनले ५ दिन सम्मको संवादहिनता तोड्न छलफल सफल भएको जानकारी दिए।

'आज कुनै सहमति भएन, त्यति हो यो छलफलको फेरी सुरुवात हो। बीचमा छलफल नै रोकिएको थियो,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell