PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

६५ हजार घुस लिएको अभियोगमा इटहरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध मुद्दा



रासस

६५ हजार घुस लिएको अभियोगमा इटहरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६५ हजार रुपैयाँ घुस लिएको अभियोगमा इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग घुस माग गरेको आरोप लागेको छ। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेलविरुद्ध बिगो अनुसारको कारबाहीको माग दावी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell