PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

आज जनै पूर्णिमा



पहिलोपोस्ट

आज जनै पूर्णिमा

काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा मनाइँदैछ।

विश्वभर फैलिएको कोरोना संक्रमणको प्रभाव भने जनैपूर्णिमा पर्वमा परेको छ। श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ। मन्दिरमा मानिसको चाप कम छ।

यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको भनाइअनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ।

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।

हिन्दुधर्मका वैदिक ग्रन्थअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ। शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ।

परम्परानुसार जनैपूर्णिमामा नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन पनि रहिआएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell