PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

टिकटकले निजी जानकारी चीनलाई दिइरहेको छ : अमेरिका, हामी चिनियाँ सरकारको नियन्त्रणमा छैनौं : टिकटक



पहिलोपोस्ट

टिकटकले निजी जानकारी चीनलाई दिइरहेको छ : अमेरिका, हामी चिनियाँ सरकारको नियन्त्रणमा छैनौं : टिकटक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहित अन्य चिनियाँ एप अनि सफ्टवेयरहरू अमेरिकामा ब्यान गर्ने चेतावनी दिएपछि यस विषयमा वहस चर्किएको छ। राज्यका सचिव माइक पोम्पोयका अनुसार ट्रम्पले चिनियाँ सफ्टवेयरका कारण राष्ट्रिय सुरक्षामा खतरा बढेको बताएका छन्।

उनले भने,’टिकटकले चिनियाँ कम्युनिस्ट पार्टीलाई प्रत्यक्ष रुपमा अमेरिकी तथ्याङ्क दिइरहेको छ।‘ बीबीसीले जनाएको छ

सचिवले टिभी अन्तर्वातामा टिकटक र चीनको कम्युनिस्ट पार्टीबीच सहकार्य रहेको दावी गरे। भने,’अमेरिकामा अगन्य चिनियाँ कम्पनीहरू छन् जसले व्यापार त गरेका छन् नै साथै फेसियल रिकगनिसन प्याट्रन, ठेगाना, फोन नम्बरजस्ता निजी जानकारी दूरुपयोग गरेका छन्।‘

टिकटकको कम्पनी बाइटडान्सले भने आफू चिनियाँ सरकारको अधिनमा नभएको र कुनै पनि तथ्याङ्क सरकारलाई उपलब्ध नगराउने दावी गर्दै आएको छ।

बाइटडान्सले अमेरिकामा टिकटक अझै केही वर्ष रहनु पर्ने बताएको छ। अमेरिकामा टिकटककी जनरल म्यानेजर हरेकी भेनेसा पापाले भिडियो सन्देश जारी गर्दै भनेकी छिन्,’टिकटक एक सुरक्षित मोबाइल एप हो।‘ ट्रम्पले शुक्रवार टिकटक ब्यान गर्ने घोषणा गरेका हुन्। अमेरिकामा मात्रै मासिक ८ करोड टिकटक प्रयोगकर्ता सक्रिय छन्। ती प्राय २० वर्ष मूनी उमेर समूका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell