PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

मेलम्ची पहिरोः ८ जना बेपत्तामध्ये ३ जनाको शव भेटियो



पहिलोपोस्ट

मेलम्ची पहिरोः ८ जना बेपत्तामध्ये ३ जनाको शव भेटियो
फोटो : रासस

मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका -११ मा रहेको मेलम्ची बजारमा मध्यराति पहिरो खस्दा ८ जना बेपत्तामध्ये तीन जनाको शव फेला परेको छ।

बजारको पिपलबोट नजिकै कबर्ड हल निर्माण भइरहेको ठाउँमा पहिरो खस्दा सोमबार राती ८ जना बेपत्ता भएका थिए। शव फेला परेका मध्ये ३५ वर्षीय प्रदिप चौरसिया र २१ वर्षीय राजेश चौधरीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

 'तीन जनाको शव फेला परेको छ। एक जना पुरिएको देखिको छौं। निकाल्ने काम भइरहेको छ।' डिएसपी काफ्लेले भने।

पहिरो राति एक बजेतिर खसेको हो। खबर आउनसाथ सेना, प्रहरी, सशस्त्रको समूह पारिचालन भै उद्धार कार्यमा खटिरहेका छन्।

घटनास्थलबाट एक जनाको उद्धार भइसकेको छ। प्रहरीका अनुसार उद्धार हुनेमा भारतका बारु साह हुन्। उनको अवस्था गम्भीर रहेको छ।

निर्माणाधीन कबर्डहलमा वाल लगाउने कामदार जस्ताको टहरोमा बस्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell