PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कोरोना भाइरस : दूनियाँभर करिव एक करोड ८० लाख मानिस प्रभावित



पहिलोपोस्ट

कोरोना भाइरस : दूनियाँभर करिव एक करोड ८० लाख मानिस प्रभावित
Hindustan Times

हालसम्म दूनियाँभर १ करोड ७० हजारभन्दा बढी मानिस कोरोना भाइरसको चपेटामा परेका छन्। जोन होप्किन्स यूनिभर्सिटीको तथ्याङ्कका अनुसार हालसम्म एक करोड ७९ लाख ६५ हजार ५ सय ६७ मानिसमा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

संक्रमणकै कारण ६ लाख ८७ हजार ७२ जना मानिसले ज्यान गुमाएका छन्।

संक्रमण र मृत्यु दुवैको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित छ। त्यहाँ हालसम्म ४६ लाख ६५ हजार १३ वटा संक्रमणको केस पुष्टि भएको छ।

त्यस्तै संक्रमणका कारण दोस्रो प्रभावित देश ब्राजिल हो। त्यहाँ २७ लाख ७ हजार ८ सय ७७ जनामा संक्रमण देखिएको छ। त्यस्तै भारतमा १७ लाख ५० हजार ७ सय २३ जनामा संक्रमण देखियो। अति प्रभावित देशहरूमध्य रुसमा ८ लाख ४९ हजार २ सय ७७ र दक्षिण अफ़्रिकामा ५ लाख ११ हजार ४ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell