PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

बालुवाटारमा ओली-प्रचण्ड, सुवास नेम्वाङ र झलनाथ खनाल पनि सहभागी



पहिलोपोस्ट

बालुवाटारमा ओली-प्रचण्ड, सुवास नेम्वाङ र झलनाथ खनाल पनि सहभागी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र अर्का अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ। नेकपाको आन्तरिक विवाद समाधानका लागि भन्दै ओली प्रचण्ड फेरि वार्तामा बसेका हुन।

आइतवार पनि ओली-प्रण्डले तीन घण्टा लामो छलफल गरेका थिए। आइतवारको छलफलमा दुवै अध्यक्षले पुरानै एजेण्डा अघि सारेपछि विना निष्कर्ष भेटवार्ता सकिएको थियो। वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि वार्तामा सहभागी छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल जारी रहेको जानकारी दिए।

साउन १३ गतेको स्थायी कमिटी बैठक ओलीले स्थगित गरेपछि प्रचण्ड एक्लैको अध्यक्षतामा बैठक बसेको थियो। ओली पक्षले बैठक नभएको भन्दै गुट भेला भएको बताएको थियो। १३ गतेको बैठक पछि बढेको तिक्तताले दुई अध्यक्षबीच संवादहीनता सुरु भएको थियो। आइतवारको छलफल नयाँ शिराबाट अगाडि बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell