PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

रणवीर सिंह अब निर्माता पनि : खोले, मां कसम फिल्म्स



पहिलोपोस्ट

रणवीर सिंह अब निर्माता पनि : खोले, मां कसम फिल्म्स

बलिउडमा करिव १० वर्ष बिताएका रणवीर सिंह अब निर्माता बन्ने भएका छन्। उनले फिल्म निर्माण कम्पनी ‘मां कसम फिल्म्स’ खोलेका हुन्।

बलिउड हंगामाले जनाए अनुसार उनले आफ्नी आमा अन्जु भावनानीसँग सहकार्यमा खोलेको कम्पनी सन् २०१७ को डिसेम्बरमा दर्ता भएको हो। फिल्मकर्मीहरूले रणवीरको व्यक्तित्व अनुरुप कम्पनीको नाम राखेको टिप्पणी गरेका छन्।

रणवीरले यसअघि नवजार इरानीसँग स्वतन्त्र संगीत उत्थानका लागि म्यूजिक कम्पनी ‘इन्कइन्क’ पनि खोलेका छन्। त्यस्तै अभिनेत्री दीपिका पादुकोणसँगको सहकार्यमा ‘चल्क एण्ड चिज एन्टरप्राइजेज’ पनि सञ्चालन गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell