PahiloPost

Jun 24, 2026 | १० असार २०८३

रक्षा बन्धनमा भाइ नरेन्द्रलाई लता मंगेशकरको भावपूर्ण सन्देश, प्रधानमन्त्री मोदीले दिए वचन



पहिलोपोस्ट

रक्षा बन्धनमा भाइ नरेन्द्रलाई लता मंगेशकरको भावपूर्ण सन्देश, प्रधानमन्त्री मोदीले दिए वचन

भारतकी वरिष्ठ गायिका लता मंगेशकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाएकी छन्।

कोरोना महामारीका कारण यसपालि राखी पठाउन नसकेकोमा दु:ख व्यक्त गर्दै लताले मोदीसँग भारतलाई उचाईंमा लैजान आग्रह गरेकी छिन्।

ट्वीटरमा एउटा भिडियो शेयर गर्दै लताले क्याप्सन लेखेकी छन्, ‘नमस्कार आदरणीय प्रधानमन्त्री नरेन्द्र भाइ। तपाईको लागि मेरो यो राखी।’

उनले मोदीले राम्रो काम गरेको भन्दै प्रशंसा पनि गरेकी छन्। देशवासीले मोदीको कामलाई भुल्न नसक्ने उनको भनाई थियो। उनले मोदीलाई सक्नुहुन्छ भने राखीको दिन वचन गर्न आग्रह गर्दै भनेकी छन्, ‘भारतलाई अझै उचाईंमा लैजानुस्।’

लताको आग्रहपछि प्रधानमन्त्री मोदीले पनि जवाफ दिएका छन्।

‘लता दिदी रक्षा बन्धनको शुभ अवसरमा यो भावपूर्ण सन्देशले असीम प्रेरणा र उर्जा दिएको छ। करोडौं आमा र बहिनीहरुको आर्शीवादले हाम्रो देशले नयाँ उचाईं छुनेछ। नयाँ नयाँ सफलता प्राप्त गर्नेछ। तपाई स्वस्थ र दीर्घायु रहनुस्, ईश्वरसँग मेरो यहीँ प्रार्थना छ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell