PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

ईरानमा कोरोना भाइरस संक्रमण र मर्नेको संख्याको तथ्याङ्कमा अनियमितता



पहिलोपोस्ट

ईरानमा कोरोना भाइरस संक्रमण र मर्नेको संख्याको तथ्याङ्कमा अनियमितता
Reuters

ईरानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको तथ्याङ्कमा भन्दा तीन गुना बढी हुनसक्ने देखिएको छ। बीबीसी फारसी सेवाले गरेको अनुसन्धानमा तथा तथ्य देखिएको हो।

ईरान सरकारको रेकर्डहरू अनुसार जुलाई २० सम्ममा करिव ४२ हजार संक्रमित र कोरोनाको लक्षण मिल्दो बिरामीहरूले ज्यान गुमाएका छन्। तर, त्यहाँको स्वास्थ्य मन्त्रालयले उक्त समयसम्ममा २४ हजार ४ सय ५ जना संक्रमितको मृत्यु भएको जनाएको छ।

त्यस्तै ईरानमा २ लाख ७८ हजारमा संक्रमण पुष्टि भएको बताइए पनि सरकारी रेकर्डमा ४ लाख ५१ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको हो। बीबीसीका अनुसार ईरानको क्षेत्रिय साथै राष्ट्रिय स्तरमै संक्रमित र संक्रमणका कारण मर्नेहरूबारे तथ्याङ्कमा अनियमितता रहेको छ।

जानकारी सार्वजनिक भए लगत्तै केही स्थानीय संस्थाले यस विषयमा वहस सुरु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell