PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश १ मा कोभिड १९ : विराटनगरका २२ जनासहित थप ५७ जनामा संक्रमण पुष्टि



फूलमाया पुरी

प्रदेश १ मा कोभिड १९ : विराटनगरका २२ जनासहित थप ५७ जनामा संक्रमण पुष्टि

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

सोमवार मोरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मोरङको विराटनगरमा १६ पुरुष ६ महिला, रंगेलीमा १३ पुरुष ९ महिला, कटहरीमा २ महिलामा संक्रमण देखिएको छ। त्यस्तै झापाको अर्जुनधारामा ५ पुरुष, विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३ पुरुष, धरान र इनरुवामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ।

प्रदेश १ बाट आज ८ जना डिस्चार्ज भएका छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् भने प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ।

प्रदेश १ मा आज ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ। पीसीआर परीक्षण गरिएका मध्ये १८ महिला ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. मेहताले जानकारी दिए।

प्रदेश १ मा हालसम्म ४५ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयको तथ्याकं छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell